विराटनगर। कोशी प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सोमबार मध्यरातदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको हो ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले यो अधिवेशन अन्त्य गरेका हुन् ।
कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा प्रदेश प्रमुखले २३ गते सोमबार रातको १२:०० बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

