Lite Nepal

बुधबार, बैशाख ०९, २०८३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) सामु लोकप्रियतावाद, अराजकतावाद र अवशरवादको चुनौती केही समयका पाहुना भएको बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवशको अवशरमा यसका संस्थापकहरुको स्मरण गर्दै पोखरेलले सामाजिक सञ्जाल मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । ‘जबजका समृद्ध विचारका सामु अल्गोरिदमले नेपाली राजनीतिमा सृजना गरेको लोकप्रियतावाद,अराजकतावाद, र अवशरवादको चुनौती केही समयका पाहुना जस्तै हुन्’ पोखरेलले लेखेका छन् ‘कम्यूनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान प्रकट गर्दै जबजको मार्गदर्शनमा समाजवादको बाटोमा दृढतापूर्वक् अघि बढ्ने संकल्प गरौं ।’

महासचिव पोखरेलले नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ,नारायणविलास जोशी,निरञ्जन गोविन्द वैद्य,नरबहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठ लगायतका नेताहरुको योगदानलाई स्मरण गरेका छन् ।

आज एमाले केन्द्रीय कार्यालयमा आयोजना गरिएको पार्टी ७७औं स्थापना दिवशमा उपत्यकाकामा रहेका नेता कार्यकर्तालाई सहभागी हुन् र काठमाडौँ बाहिर सम्बन्धित कमिटीह्रुले आयोजना गरेका कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा