Lite Nepal

शुक्रबार, भाद्र ०५, २०७७

काठमाडौं । प्रसासी नेपाली एकता मञ्च कतारले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पत्र लेख्दै बिदेशमा अलपत्र परेका नेपाली नागरिकको तत्काल उद्धारको ब्यवस्था गर्न माग गरेको छ ।

एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल र सचिव मोहन कार्कीले आज मन्त्री ज्ञवालीलाई मार्मिम पत्र लेख्दै अलपत्र परेका नेपालीको उद्धारका लागि तत्कालै पहल गरिदिन आग्रह गरेको हो ।

पत्रमा कतार लगायतका मुलुकका लागि तय गरिएको चार्टड फ्लाइट तत्काल सुचारु गरी उद्धारको ब्यवस्था मिलाउन आग्रह गरिएको छ ।

पत्रको कार्यान्वयन र जानकारीका लागि प्रधानमन्त्री कार्यालयसहित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र कतारका लागि नेपाली राजदुत डा.नाराद भारद्वाजलाई बोधार्थ दिइएको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं