विराटनगर । शंकास्पद वस्तु राखेको आशंकामा मोरङ प्रहरीले विराटनगरका नेपाली कांग्रेसका नेता अभिषेक गिरीको घरमा छापा मारेको छ ।
शनिबार बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरिरहेको हो ।
गुण्डा नाइकेको रुपमा परिचित गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको आशंकामा यो सर्च अपरेसन चलाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले बताए ।
यसअघि अपहरण मुद्दामा कारागार चलान भएका उनी कैद भुक्तानपछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।