Lite Nepal

शनिबार, आषाढ १३, २०८३

विराटनगर । विराटनगरको आफ्नै घरबाट अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसका युवा नेता समेत रहेका उनलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

मोरङ जिल्ला कारागारका कैदी बन्दीबाट रकम असुली र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा गिरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीको निवासमा बिहान खानतलासी गरेको थियो । 

घरमा शङ्कास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यता गिरीले भने राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको प्रतिक्रिया दिएका छन् । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं