Lite Nepal

मंगलबार, भाद्र ०९, २०७७

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत फेरिने भएका छन् ।

राजपा नेपाल र समाजवादी पार्टीबीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपालले २ नम्बर प्रदेशमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाएको छ ।

जसपा नेपालका सांसद मनिष कुमार सुमनले दिएको जानकारीअनुसार जसपाको २ नम्बर प्रदेशको संसदीय दलको अब चुनिने नेता नै मुख्यमन्त्री बन्नेछन् ।

अहिलेका मुख्यमन्त्री राउत संसदीय दलको नेता नबन्ने निश्चित् रहेको बुझिएको छ ।

मुख्यमन्त्री बन्ने दौडमा हालका भौतिक मन्त्री जितेन्द्र सोनलको दौडधुप चलेको छ ।

राउत तत्कालिन समाजवादी पार्टी, नेपालका सांसद हुन् र, सोनल भने तत्कालिन राजपा नेपालका सांसद हुन् ।

२ नम्बर प्रदेशमा यसअघि पनि गठबन्धनको सरकार ढल्ने चर्चा चलेको थियो । तर, अहिले दुई पार्टीबीच एकता भएको छ ।

अब एउटै दलको सरकार बन्ने भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं