Lite Nepal

बुधबार, साउन २०, २०८३
फाइल फोटो

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जेन्जी  प्रदर्शन तथा आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको परिचयपत्र वितरण र वर्गीकरणका लागि आवश्यक कागजातसहित सम्पर्क गर्न पुनः सूचना प्रकाशित गरेको छ ।

कार्यालयले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र तोकिएका कागजातहरू सहित जिल्ला प्रशासन कार्यालय, मोरङमा सम्पर्क राख्न अनुरोध गरेको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत जेन्जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयनमा आएसँगै यो प्रक्रिया अघि बढाइएको हो ।

आन्दोलनका घाइतेहरूको चोटपटकको गम्भीरता अनुसार वर्गीकरण गर्ने, उपचारमा प्राथमिकता निर्धारण गर्ने र राहत तथा प्रतिवेदन प्रणाली एकीकृत गर्ने उद्देश्यले उक्त कार्यविधि ल्याइएको हो ।

घाइतेहरूको यकिन पहिचान तथा वर्गीकरणका लागि विवरण सङ्कलन गर्न मोरङका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक जिल्ला स्तरीय वर्गीकरण तथा सहजीकरण समिति समेत गठन भइसकेको छ ।

सोही समिति मार्फत यसअघि परिचयपत्र पाउन बाँकी रहेका र घाइते भई परिचयपत्र प्राप्त गरिसक्नु भएका सबै व्यक्तिहरूलाई आवश्यक कागजात बुझाउन भनिएको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं