Lite Nepal

बुधबार, साउन २०, २०८३

काठमाडौँ । लामो समयदेखि बन्द रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय ११५ दिनपछि पुनः सञ्चालनमा आएको छ ।

भृकुटीमण्डपस्थित पुस्तकालयमा समाज कल्याण परिषद्ले लगाएको ताला खुलेसँगै पुस्तकालयको नियमित सञ्चालनको प्रक्रिया अघि बढेको हो ।

परिषद्ले पुस्तकालयको करिब ३ करोड रुपैयाँ भाडा बक्यौता रहेको भन्दै यसअघि तालाबन्दी गरेको थियो । तर, पुस्तकालयको सार्वजनिक महत्त्व र पाठकको आवश्यकतालाई ध्यान दिँदै बक्यौता कायम रहेकै अवस्थामा ताला खोलिएको जनाइएको छ ।

पुस्तकालय प्रशासनका अनुसार अहिले आन्तरिक व्यवस्थापन, सरसफाइ र पुस्तकहरूको पुनः व्यवस्थापनको काम भइरहेको छ । लामो समय बन्द रहँदा पुस्तक तथा अध्ययन कक्षलाई नियमित अवस्थामा ल्याउन केही समय लाग्ने भएकाले तत्काल पाठकका लागि सेवा सुरु गर्न नसकिने भएको हो ।

प्रशासनले व्यवस्थापकीय तयारी पूरा गरेपछि आगामी २५ गतेदेखि पुस्तकालय पाठकका लागि खुला गर्ने योजना बनाएको जनाएको छ । त्यसपछि पाठकहरूले नियमित रूपमा पुस्तकालय सेवा उपयोग गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं