काठमाडौं । सरकारले आगामी सोमबार कातिक ३० गते पनि सार्वजनिक बिदा दिने भएको छ । सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो ।
आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।

बिदा थपिएपछि यसदिने गर्नुपर्ने सरकारी काम भने पछि सरेका छन् ।

छठ पर्वकै सिलसिलामा सोमबार समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
