Lite Nepal

बुधबार, साउन २०, २०८३
विराटनगर । सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरेको हो ।
कार्यालय प्रमुख डा. दास र प्रतिवादी बनाइएका अर्का एक जनाले पशु खोप कार्यक्रम सम्पन्न भएपश्चात् कर्मचारीहरूले कानुन बमोजिम पाउनुपर्ने पारिश्रमिक रकम भुक्तानी गरिदिए बापत घुस÷रिसवत माग गरी लिएको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको छ ।
आयोगका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा रु. १ लाख ३२ हजार ३५० घुस लिएको पुष्टि हुन आएको छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको कसुर भएकाले आयोगले विशेष अदालतमा देहाय बमोजिमको माग दाबी लिएको छ ।बिगो रकम एक लाख बत्तीस हजार तीन सय पचास रुपैयाँ कायम गर्न सजाय माग गरिएको छ ।
अख्तियारका अनुसार कसुरदारहरूलाई कानुन बमोजिम कैद सजाय र बिगो बमोजिम नै जरिवाना सजाय हुने र यसअघि अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं