Lite Nepal

मंगलबार, भाद्र २३, २०८३

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि राष्ट्रिय सभागृहको हल उपलब्ध गराइदिन अनुरोध गरेको छ।

पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभागृहलाई पत्र लेख्दै महाधिवेशनका लागि आवश्यक स्थान उपलब्ध गराइदिन अनुरोध गरेका हुन्।

कांग्रेसले आगामी असोज १५ देखि १९ गतेसम्म काठमाडौंमा १५औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ देखि २० गतेसम्म ६ दिन राष्ट्रिय सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल तथा बगैंचा उपलब्ध गराइदिन पत्रमार्फत अनुरोध गरिएको छ।

‘नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशन आगामी असोज १५–१९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हुँदा उक्त महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनार्थ असोज १५ गतेदेखि २० गतेसम्म ६ दिनका लागि कांग्रेस केन्द्रीय कार्यालयको नाममा राष्ट्रिय सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल तथा बगैंचा उपलब्ध गराई बुकिङ गरिदिनुहुन अनुरोध गरिन्छ,’ दुलालले लेखेको पत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं