Lite Nepal

मंगलबार, भाद्र २३, २०७७

काठमाडौं । राष्ट्रिय गौरवको रुपमा रहेको निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको कामले तिब्रता लिएको छ ।

हाल सम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ । भने सो क्षेत्रमा नदि नियन्त्रणका कामले पनि तिब्रता लिएको हो ।

मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको अध्यक्षताम निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकमा सो प्रगति पेश गदै आउदो मंसिर मसान्त भित्र रुख तथा पोलहरुको लगत नम्वरीङकोे कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि यस समितिको मिति २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी वस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्ने ।

साथै, उक्त समितिका सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय गरेको हो ।

त्यस्तै विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेड मार्फ्त रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ ।

बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रकृयाका बाँकी कार्यहरु आगामी हप्ता दिन भित्रमा सक्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निेर्देशन समेत दिएको छ ।

लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनौट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्वर ३० भित्रमा परियोजना प्रस्ताब अन्तिम निर्णय लिने समेत निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं