Lite Nepal

बुधबार, भाद्र २४, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ। अब उपत्यकामा १६ सिट भन्दा माथिका सार्वजनिक सवारी पनि चल्ने भएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी ९सीडीओ०ले उपत्यकामा निषेधाज्ञा केही खुकुलो पर्ने निर्णय गरेका हुन्।मंगलबार र बुधबार सुरक्षा अधिकारी र गृहमन्त्रालयसँगको परामर्शमा तीनै सीडीओ कार्यालयले नयाँ आदेश जारी गरेका हुन्।

परिस्थतिको मूल्यांकन गर्दै नयाँ आदेश जारी भएको सूचनामा उल्लेख गरिएको छ।सरकारले कोरोनाका नाममा लगातार निषेधाज्ञा गरेको भन्दै यसको विकल्प खोज्न जनस्वास्थ्यविद् र सामाजिक अगुवाले अनुरोध गर्दै आएका थिए।

नयाँ आदेश अनुसार बिहीबारदेखि सवारी साधन जोर–बिजोर प्रणालीका आधारमा सञ्चालन हुनेछन्।स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उद्योग र खलकारखाना खोल्न पाइने छ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्टी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन।

देशभर झन्डै चार महिना लामो लकडाउन गरेको सरकारले भदौको पहिलो सातादेखि निषेधाज्ञा गरेको हो।

उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ २ गते भदौ ३ गतेदेखि पहिलोपटक उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेका थिए।

यहाँ क्लिक गरेर हेर्नुहोस के खुल्ने के नखुल्ने सबै सूची

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं