Lite Nepal

शुक्रबार, आश्विन ०९, २०८३

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका–६ मा भइरहेको वडा अधिवेशनका क्रममा दुई पक्षबीच विवाद भएपछि केही समय मतदान प्रभावित भएको छ।

भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान चलिरहेका बेला विवाद बढ्दै गएपछि सहभागीहरूबीच हात हालाहाल भएको थियो।

त्यसक्रममा प्रहरीले मुस्लिम कोटातर्फ क्षेत्रीय प्रतिनिधिका उम्मेदवार रहेका विराटनगर–६ निवासी इरसाद अहमदलाई केही समय नियन्त्रणमा लिएको जनाएको छ।

झडपपछि रोकिएको मतदान प्रक्रिया भने पुनः सञ्चालनमा आएको छ। वडा नेतृत्वमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न मतदान भइरहेको हो।

वडा सभापतिको प्रतिस्पर्धामा राम ढकाल र प्रकाश मण्डल भोला पक्षले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन्।

यसैबीच कांग्रेसको जारी महाधिवेशन प्रक्रियाअन्तर्गत कोशी प्रदेशका तराई क्षेत्रका अधिकांश पालिकामा अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं