Lite Nepal

सोमबार, भाद्र २९, २०७७

काठमाडौं । कोरोना महामारीका बिच पनि यो दशैमा राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने योजना भने बनाएको छ ।

तर, कोरोनाले कत्तिको असर गर्ला र भनेर अहिले राष्ट्र बैंकले कुनै निर्णय भने गरेको छैन ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशन रेवति नेपाल अहिले नियमित प्रक्रियाबाट नयाँ नोट छपाइ भएर आइरहेको बताउँछन् ।

उनका अनुसार दशैंमा वितरण गर्नका लागि नयाँ नोटको खासै अभाव हुने छैन ।

फेरि थप नयाँ नोट पनि आउने प्रक्रियामा नै रहेको कार्यकारी निर्देशन नेपालले बताए ।

नयाँ नोट वितरण गर्ने नगर्ने वा के कसरी गर्ने भन्ने विषयमा भने कुनै छलफल नभएको उनले बताए ।

अझै दशैं आउन एक महिना भन्दा लामो समय बाँकी रहेका कारण अहिले कुनै छलफल नभएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा