Lite Nepal

सोमबार, भाद्र २९, २०७७

काठमाडौं । कोरोना महामारीका बिच पनि यो दशैमा राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने योजना भने बनाएको छ ।

तर, कोरोनाले कत्तिको असर गर्ला र भनेर अहिले राष्ट्र बैंकले कुनै निर्णय भने गरेको छैन ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशन रेवति नेपाल अहिले नियमित प्रक्रियाबाट नयाँ नोट छपाइ भएर आइरहेको बताउँछन् ।

उनका अनुसार दशैंमा वितरण गर्नका लागि नयाँ नोटको खासै अभाव हुने छैन ।

फेरि थप नयाँ नोट पनि आउने प्रक्रियामा नै रहेको कार्यकारी निर्देशन नेपालले बताए ।

नयाँ नोट वितरण गर्ने नगर्ने वा के कसरी गर्ने भन्ने विषयमा भने कुनै छलफल नभएको उनले बताए ।

अझै दशैं आउन एक महिना भन्दा लामो समय बाँकी रहेका कारण अहिले कुनै छलफल नभएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं