चितवन । निरन्तर परेको वर्षाको कारण मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोला पुल माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
आइतबार बिहान ७ः५५ बजे नाम्सी खोला पुल माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार पहिरो हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।
