Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गतेदेखि हुने भएको छ। यसअघि असोज १६ गतेदेखि महाधिवेशन गर्ने तय भए पनि दुई दिन पछि सारिएको हो। कांग्रेसले महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा असोज १८ गते दिउँसो २ बजे गर्ने जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेका हुन्। विज्ञप्तिमा कांग्रेसको वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू भइरहेको उल्लेख छ।

देशका विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट जानकारी प्राप्त भएको कांग्रेसले जनाएको छ।

सोही परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछि सारिएको कांग्रेसले जनाएको हो। कांग्रेसले असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन समारोह आयोजना गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं