Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ९ दशमलव ६२ अंकले घटेर २,६०३ को विन्दुमा कायम भएको छ ।

आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिरष्टलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

शिवम् सिमेन्टको १७ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ९ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् ।

सयपत्रि हाइड्रोका लगानीकर्ताले ६ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले ६ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिटिजन्स सुपर ३० का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव ४४ प्रतिशतका दरले गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं