Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

झापा । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले पुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बन्ने अधिकार पाएका छन्।

समितिका अनुसार पुर्जा प्राप्त गर्ने परिवारहरू २०४७ सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका थिए। लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका उनीहरूले पहिलोपटक आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका हुन्।

समितिले सार्वजनिक गरेको विवरणअनुसार वितरण गरिएका जग्गामध्ये केही आवासीय प्रयोजनका लागि र केही कृषि प्रयोजनका लागि रहेका छन्। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारी लक्ष्यअनुसार जग्गाधनी पुर्जा वितरणलाई थप प्रभावकारी बनाउँदै लगिएको समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं