Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

काठमाडौं । हिमलुङ हिमपहिरोमा परी हराइरहेका व्यक्तिको खोज तथा उद्धार कार्य अस्थायी रूपमा स्थगित गरिएको छ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)का अनुसार हिमपहिरोमा अझै १२ जना कुक स्टाफ बेपत्ता छन्।

हिमपहिरोमा परी हालसम्म चार जनाको शव फेला परेको एसोसिएसनले जनाएको छ।

हिमलुङ आधार शिविरमा गएको ठूलो हिम पहिरोका कारण शिविर क्षेत्रमा करिब १४ फिटसम्म बाक्लो हिउँ जमेको थियो।

हिम पहिरोपछि एनएनएमजीएको नेतृत्वमा अनुभवी उद्धार टोली तत्कालै खोज तथा उद्धारमा परिचालन भएको थियो। मिङ्मा जीको नेतृत्वमा आठ सदस्यीय टोलीले प्रतिकूल र जोखिमपूर्ण भौगोलिक अवस्थाका बाबजुद खोजी कार्य अघि बढाएको थियो।

तर हाल जीवित व्यक्तिलाई उद्धार गर्ने सम्भावना नरहेको निष्कर्षसहित तत्कालका लागि खोजी कार्य रोकिएको एसोसिएसनले जनाएको छ।

हिम पहिरोपछि जमेको बाक्लो हिउँ तथा हिमालको अवस्थाका कारण थप उत्खनन जोखिमपूर्ण बनेको जनाइएको छ।

एसोसिएसनका अनुसार हिमाल तथा हिउँको अवस्था अनुकूल भएपछि हराइरहेकाको खोजीका लागि पुनः उत्खनन कार्य अघि बढाइनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं