Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

काठमाडौँ । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ। एकल उम्मेदवारीसँगै उनी सभापति बन्ने निश्चित भएको छ।

सभापति चयनका लागि बुधबार दिउँसो २ बजे निर्वाचन हुँदैछ। पराजुलीको उम्मेदवारीमा नेपाली कांग्रेसका मोहन आचार्य प्रस्तावक तथा एमालेका पुष्पराज कँडेल, नेपाली कम्युनिस्ट पार्टीका रमेशकुमार मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राप्रपाकी सरस्वती लामा र रास्वपाकी निशा डाँगी समर्थक छन्।

रसुवामा भदौ १० गते आएको बाढीपछि प्रतिनिधिसभाले असोज ५ गते १५ सदस्यीय विशेष समिति गठन गरेको हो। तीन महिनाको कार्यावधि रहेको समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, हिमनदी तथा हिमतालमा भइरहेको परिवर्तन, भोटेकोशी–त्रिशूली विपद्को कारण र जोखिम, राहत तथा पुनर्स्थापना र पूर्वचेतावनी प्रणालीबारे अध्ययन गर्नेछ।

समितिले विपद् जोखिम न्यूनीकरण, सुरक्षित पुनर्निर्माण, सीमापार जलाधार सहकार्य तथा आवश्यक कानुनी र संस्थागत सुधारका उपायसमेत सिफारिस गर्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं