Lite Nepal

बुधबार, भाद्र ३१, २०७७

विराटनगर । प्रदेश १ मा आज १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला २२ पुरुष, इटहरीमा ७ महिला १९ पुरुष, गढी र कोशी गाउँपालिकामा ४–४ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष, बराहक्षेत्रमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा ९ महिला १९ पुरुष, धनपालथानमा २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, कटहरीमा १ महिला र सुनबर्षीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा १ महिला ७ पुरुष, भद्रपुरमा २ महिला ४ पुरुष, बा¥हदशीमा २ महिला ३ पुरुष, मेची नगरमा १ पुरुष, भोजपुरमा ५ पुरुष, उदयपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ ।

प्रदेश १ मा ५२ जना डिस्चार्ज भएका छन् ।

होटल एशियाटिक आईसोलेसन विराटनगरबाट २१, मारवाडी सेवा सदन आईसोलेसन केन्द्र, विराटनगरबाट ९, बैजनाथपुर आईसोलेसन, विराटनगरबाट ७, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल, गोगठाउँबाट ४, जिल्ला अस्पताल धनकुटा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५–५ र कालि सदन आईसोलेसन विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा डिचार्ज हुनेका संख्या २ हजार १९४ पुगेको छ । प्रदेश १ मा आज १ हजार २७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ३६ महिला र ९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा हाल सम्म १ लाख १२ हजार ६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं