Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

काठमाडौं । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ।

कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षासम्मको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशीका हिमाली तथा पहाडी र बागमती तथा गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तराईका भूभागमा आंशिक बदली रहने र बिहानीपख हुस्सु लाग्न सक्ने भएकाले दैनिक जनजीवन तथा यातायातमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं