Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

एजेन्सी । इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’ पुरस्कार दिने घोषणा गरेका छन् । ती यात्रुले फ्लाईदुबईको सह-चालकलाई नियन्त्रणमा लिई उनीहरू सवार विमान दुर्घटना गराउने प्रयास रोकेका थिए ।

‘तपाईँहरूले अरूलाई बचाउन आफूलाई जोखिममा पार्नुभयो र ठूलो विपत्ति रोक्नुभयो। आज संसारले इजरायली समाजको सुन्दर र साहसी अनुहार देख्यो,’ इररायलमा मुख्यतया औपचारिक भूमिकामा रहने राष्ट्रपति हर्जोगले जारी गरेको एक वक्तव्यमा भनेका छन् ।

उनले भने, ‘म तपाईँहरूमाथि गर्व गर्छु र इजरायलको तर्फबाट धन्यवाद दिन्छु।’ उनले विमान चालक भारतीय नागरिक स्मित मच्छाको पनि मुक्तकण्ठाले प्रशंसा गरेका छन् ।

इजरायली अधिकारीहरूका अनुसार सह–पाइलटले चक्कु प्रहार गरेपछि उनले ककपिटको ढोका खोली यात्रु र चालक दलका सदस्यलाई सूचना गरी उनीहरूको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिएर विमान बचाउन सफल भएका थिए ।

हर्जोगको कार्यालयले सुरुमा चार जना पुरस्कार विजेताको नाम घोषणा गरेको थियो तर पछि पाँचौँ व्यक्तिको रूपमा ताली मानेसको नाम थपेको थियो ।

उनका पतिलाई पहिले पुरस्कार दिने घोषणा गरिएका चार जनामा समावेश गरिएको थियो ।

राष्ट्रपतिको कार्यालयका अनुसार मानेसले ककपिटमा हल्लीखल्ली सुनेर पहिलो पटक यात्रुहरूलाई सचेत गराएका थिए ।

राष्ट्रिय नागरिक वीरता पुरस्कार पाउने अन्य इजरायलीहरूमा यानिभ हायुन पनि रहेका छन् । उनी पेशाले प्लम्बर हुन् तर उनले नै ककपिटमा पसेर सह–चालकलाई नियन्त्रणमा लिन पहिलो पहल गरेका थिए ।

हायुनलाई रगत लागेको सर्टमा नै बुधबार इजरायल फर्केपछि बेन गुरियन विमानस्थलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यक्तिगत रूपमा स्वागत गरेका थिए ।

यात्रुहरूले एक महिलाले चिच्याएर चालकमाथि चक्कु प्रहार भएको बताएपछि हायुन ककपिटतिर दौडेर गई आक्रमणकारी सहचालकलाई बचाउन सहयोग गरेका थिए ।

“यो असाधारण घटना थियो,” आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गर्ने र पुरस्कार पाउने आसफ राजुआनले उद्धारकार्यबारे राष्ट्रपतिसँगको प्रतिक्रियामा भनेका थिए ।

उनले भने, “हामी असहाय महसुस गर्दै थियौँ, हावामा तैरिरहेका थियौँ र यो कार्य आफु बाँच्न, परिवार, मानिस र बच्चाहरूलाई बचाउन निर्विकल्प कार्य थियो ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं