काठमाडौं । परीक्षामा पास गराइदिन्छु भन्दै १३ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको गौरादह नगरपालिका-४ स्थायी घर भई रामेछापको सुनापती गाउँपालिका-५ बस्ने ४८ वर्षीय नवीन भन्ने नवराज भण्डारीलाई पक्राउ गरिएको हो ।

भण्डारीले आफैँले पढाउने विद्यालयकी नाबालिका छात्रालाई परीक्षामा पास गराइदिन्छु भनी ललाइफकाई गर्दै संवेदनशील अंगहरूमा छुने, चिमेट्ने, सामाजिक सञ्जालमा अश्लील फोटो, भिडियो तथा म्यासेज पठाई यौनजन्य क्रियाकलाप गरी पटक-पटक बालयौन दुरुपयोग गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

बुधबार पक्राउ परेका भण्डारीलाई रामेछाप जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी प्रहरीले थप कारबाही अघि बढाएको छ।