Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

कैलाली । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका-६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार बिहान करिब ५ बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए ।

च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । उनी सँगै गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए ।

बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं