Lite Nepal

आइतबार, आश्विन १८, २०८३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार संसद्, राजनीतिक दल र नागरिकसँग पर्याप्त संवाद नगरी अघि बढ्न खोजेको भन्दै प्रश्न उठाएका छन् ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा आइतबार सम्बोधन गर्दै पोखरेलले सरकारको कार्यशैलीले लोकतान्त्रिक शासन प्रणालीप्रति नै प्रश्न उठाउने अवस्था सिर्जना गरेको बताए ।

उनले सरकार राष्ट्रिय चुनौतीको सामना गर्न राजनीतिक दलहरूबीच सहकार्य र संवादको बाटोमा अघि बढ्न नसकेको आरोप लगाए । ‘रास्वपाका सभापति रवि लामिछानेले राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनका लागि राष्ट्रिय मुद्दाहरूमा निरन्तर प्रयत्न गर्नुहुन्छ । तर सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन,’ पोखरेलले भने, ‘सरकार संसद्सँग संवाद गर्दैन, नागरिकसँग संवाद गर्दैन । सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन ।’

सरकार र राजनीतिक दलबीच संवादको अभावले भविष्यमा आइपर्न सक्ने प्राकृतिक विपद् तथा अन्य संकटको सामना कसरी गर्ने भन्ने विषयमा समेत चिन्ता बढाएको उनको भनाइ छ ।

पोखरेलले लोकतन्त्रको भविष्यप्रति समेत प्रश्न उठिरहेको बताए । जनताले निर्वाचित गरेको प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको संसदीय दल, संसद् र जनताको आवाजलाई बेवास्ता गरेको उनको आरोप थियो ।

‘यस्तो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिंड्दैछौं कि स्वेच्छाचारी शासनतर्फ हामी हिंड्दैछौं भन्ने प्रश्न उठिरहेको छ,’ उनले भने ।लोकतन्त्रका लागि लामो समयदेखि संघर्ष गर्दै आएको नेपाली कांग्रेसले अहिले लोकतन्त्रको रक्षा गर्ने सवालमा कसरी अघि बढ्छ भन्ने विषय महत्त्वपूर्ण रहेको पनि पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं