Lite Nepal

आइतबार, आश्विन १८, २०८३

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको चाहनाको मात्रै विषय बन्न नहुने बताएका छन् ।

आइतबार पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा उनले राष्ट्रिय प्रश्नमा सहकार्य आवश्यक रहेको बताए ।

“संविधान संशोधनको विषय संसद्को गणितको विषय मात्रै बन्नु हुँदैन,” उनले भने, “केबल गणितको विषय बन्दैन, समग्रको अपनत्व र भावानाको विषय बन्नुपर्छ ।”

शर्माले सरकारले संविधान बनाउँदाका बेला भएका र अहिले सदनमा नरहेका दललाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा राखे ।

उनले जेननी आन्दोलनको मुद्दाले उठाएको भावना समेटेर जानुपर्ने बताए । मधेस आन्दोलनसहितका कुरा समेट्नुपर्नेमा ध्यान दिइनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं