रंगेली । मोरङको रंगेली नगरपालिका–५ ठाकुर टोलबाट प्रहरीले खैरो हेरोइनसहित १ युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रंगेली नगरपालिका–५ ठाकुर टोलका १८ वर्षीय कृष्णकुमार पासवान रहेका छन्।

उनलाई आइतबार साँझ करिब ६ः३० बजे इलाका प्रहरी कार्यालय रंगेली र कोसी प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हाे ।

प्रहरीका अनुसार कृष्णकुमारको साथबाट प्लास्टिकसहित १३.०४ ग्राम र प्लास्टिकबाहेक ९.३४ ग्राम खैरो हेरोइन बरामद भएको छ। साथै, एक थान रेडमी मोबाइल र एक थान डिजिटल तराजुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका युवक तथा बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाइएको प्रहरीले जनाएको छ।