Lite Nepal

शनिबार, आश्विन ०३, २०७७

विराटनगर । सिक्किमका तीन मन्त्री र दुई विधायक कोरोना संक्रमण देखिएको छ।

कृषि मन्त्री एलएन शर्मा, वन मन्त्री कर्मा लोडे भोटिया र ऊर्जा मन्त्री एमएन शेर्पाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो।

त्यसैगरी विधायकद्वय फरवन्ती तामाङ र टीटी भोटिया पनि कोरोना संक्रमित रहेको पुष्टि भएको छ।

तामाङ दक्षिण सिक्किमअन्तर्गत मल्ली क्षेत्रकी विधायिका हुन् भने भोटिया दक्षिण सिक्किमकै बर्फुङ क्षेत्रका विधायक हुन्।

उनीहरू दुवै भारतीय जनता पार्टीका विधायक हुन्।

राज्यको स्वास्थ्य विभागका सचिव डा पेम्पा छिरिङ भोटियाका अनुसार शुक्रबार सिक्किम विधानसभाका सबै सदस्य एवं कर्मचारीहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

जसमध्ये शनिबार तीन मन्त्री र दुई विधायकको रिपोर्ट पोजिटिभ आएको हो।

मुख्यमन्त्री पीएस गोलेलगायत अन्य सबैको परीक्षण रिपोर्ट नेगिटिभ आएको छ।

संक्रमित पाँचै जनामा कोभिडको कुनै लक्षण नरहेका कारण स्वास्थ्य विभागले होम आइसोलेसन बस्ने सल्लाह दिएको छ।

राज्यका तीन मन्त्री र दुई विधायक कोरोना संक्रमित बनेपछि सेप्टेम्बर २१ का दिन हुने भनिएको सिक्किम विधानसभाको सत्र अनिश्चित बनेको छ।

पछिल्ला केही महिनायता सिक्किममा कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ।

शुक्रबारसम्म सिक्किममा कुल २ हजार ३०३ जना कोरोना संक्रमित भएको र १ हजार ८५७ जना निको भइसकेको स्वास्थ्य विभागले जनाएको छ।

सिक्किममा कोरोना भाइरसका कारण अहिलेसम्म कुल २५ जनाले ज्यान गुमाइसकेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं