Lite Nepal

शनिबार, आश्विन २४, २०८३

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग खुलाउने काम तीव्र पारिएको छ।

त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध बनेको राजमार्ग खुलाउन स्थानीय तहसँगको समन्वयमा ब्याक कटिङको काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

आज साँझसम्म यातायात पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको हो।

यसैबीच, पहिरोका कारण गएरातिदेखि अवरुद्ध बनेका बीपी राजमार्ग र कान्ति राजमार्गको अवरोध हटाइएको छ।

अवरोध हटेसँगै दुवै राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं