Lite Nepal

मंगलबार, आश्विन २७, २०८३

विराटनगर । आज पनि शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव १२ अंकले बढेर २,५९९ को विन्दुमा कायम भएको छ ।

आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५१ कम्पनीको १ करोड ३५ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यसको ३६ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आउन्टेन इनर्जीको २५ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको भने २५ करोड सैतिस लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सगरमाथा जलविद्युतका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १२ दशमलव ४४ प्रतिशतका दरले कमाएका हुन् ।

नेपाल लाइफ समृद्धि लगानी योजनाका इकाईधनीले ४ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् ।

एनआइसी एशिया ग्रोथ फन्ड २ का इकाईधनीले भने ४ दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं