विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) विराटनगर महानगर कमिटीको एकता, समायोजन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार आयोजित उक्त कार्यक्रममा राजेन्द्र सुवेदीको संयोजकत्वमा ९९ सदस्यीय महानगर कमिटी र २१ सदस्यीय कार्यालय कमिटी पनि गठन गरिएको छ ।

उक्त कार्यक्रमले देवानन्द यादवलाई इन्चार्जको जिम्मेवारी दिइएको पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए ।

कार्यक्रममा नेकपाका नेताहरू राजेन्द्र राई, हर्क नेम्वाङ ‘मिक्सो’, इन्द्रबहादुर आङ्बो, वसिम आलम, शिवकुमार मण्डल, भोगेंद्र यादव, देवा यादव लगायतका नेताहरूले पार्टीको वर्तमान राजनीतिक तथा सांगठनिक अवस्था र आगामी कार्यदिशाका बारेमा स्पष्ट पारेका थिए ।
कार्यक्रममा नेताहरूले पार्टीभित्रको सांगठनिक सुदृढीकरण, एकता समायोजनका कामहरूलाई व्यवस्थित बनाउने र आगामी दिनमा पार्टीलाई अझ सशक्त रूपमा अगाडि बढाउने विषयमा जोड दिएका थिए ।
कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका नेता कार्यकर्ता तथा जिल्ला तहका नेताहरू सहभागी थिए ।