Lite Nepal

बुधबार, आश्विन २८, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आगामी मंसिर ७ र ८ गते भारत भ्रमणमा जाने तयारी भएको छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसमेत सुरु गरिसकेको छ ।

यसैक्रममा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा बालेनको भारत भ्रमणबारे छलफल भएको हो ।

भारतमा रहेका गृहमन्त्री सुधन गुरुङले आफ्ना समकक्षी अमित शाहसँग प्रधानमन्त्री शाहको भारत भ्रमणको बारेमा छलफल गरेका छन् ।

मंगलबार सम्पन्न भएको बिमस्टेक गृहमन्त्रीस्तरीय छलफलपछि गुरुङ र शाहबिच भेटवार्ता भएको थियो । भेटवार्तामा प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे छलफल भएको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं