Lite Nepal

सोमबार, कार्तिक ०३, २०८३

काठमाडौँ । यस वर्ष तिथि वृद्धि भई अष्टमी दुई दिन परेकाले कात्तिक १ र २ गते दुवै दिन महाअष्टमीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिबाट स्वीकृत पात्रोअनुसार दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते गरिएको पूजा तथा महाअष्टमीका अन्य कर्म कात्तिक २ गते पनि दोहोर्‍याउनुपर्नेछ।

कात्तिक २ गते नवौँ दिन भए पनि महागौरीको पूजा र अष्टमीका अन्य कर्म गर्नुपर्नेछ। कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने समितिले जनाएको छ।

अष्टमी दुई दिन परेकाले यस वर्ष नवरात्र दशरात्र बनेको छ भने विजयादशमीमा १० रात्रिका जमरा लगाइनेछ।

हनुमानढोका दरबारको दसैँघरमा आइतबार सामान्य पूजा गरिएको र मूल पूजा सोमबार गरिने जनाइएको छ। महाअष्टमीको राति १०८ पशु बलिसहित पूजा गर्ने परम्परा पनि रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं