Lite Nepal

सोमबार, कार्तिक ०३, २०८३

काठमाडौं । सरकारले भारतीय फिल्म ‘उड्ता तिर’लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्र लेख्दै चलचित्रलाई सार्वजनिक प्रदर्शनका लागि अनुमति दिन नसकिने जनाएको हो ।

मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरकलाई पठाएको पत्रमा निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८ (३) ले निषेधित गरेको विषयवस्तुमा चलचित्र निर्माण भएको पाइएकाले सोही नियमानुसार सार्वजनिक प्रदर्शनको लागि अनुमति दिन नसकिने उल्लेख गरेको छ ।

केन्द्रीय चलचित्र जाँच समितिले केही दिनअघि यो फिल्मको जाँच गरिसकेको थियो । आकाश कौशिक निर्देशित यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा थियो ।

आयुष्मान खुराना र सारा अली खानको शीर्ष भूमिका रहेको यो फिल्म हिन्दी स्पाइ कमेडी फिल्म हो । यसमा स्मरण गुमाएको एक गुप्तचर भारत र पाकिस्तानको जिरो लाइन सीमामा अलमलिएर अड्किन पुग्छ ।

पाकिस्तान विरोधी कथावस्तु भएको कारण नेपालको केन्द्रीय चलचित्र जाँच समितिले प्रतिबन्ध लगाएको बुझ्न कठिन छैन ।

यसअघि समितिले भारत र पाकिस्तानलाई लक्षित गर्दै मित्रराष्ट्रसँगको सम्बन्धलाई असर पर्ने खालका फिल्मको सार्वजनिक प्रदर्शनमा अनुमति नदिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं