Lite Nepal

बुधबार, कार्तिक ०५, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नीतिमा गरिएको कडाइका कारण तीन लाखभन्दा बढी विदेशी नागरिकको अमेरिकी भिसा रद्द भएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटका अनुसार ट्रम्प प्रशासनले अघिल्ला प्रशासनको तुलनामा तीव्र गतिमा भिसा रद्द गरेको हो । गत अगस्ट १० सम्म एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द भएकोमा पछिल्लो समय यो संख्या उल्लेख्य बढेको छ ।

प्रशासनले राष्ट्रिय सुरक्षा, कानुन उल्लंघन र ठगी नियन्त्रणका लागि कठोर नीति अपनाइएको दाबी गरेको छ । भिसाधारकको सामाजिक सञ्जाल गतिविधिमाथि समेत निगरानी बढाइएको छ। यद्यपि, मानवअधिकारवादी संस्थाहरूले सरकारको कदमले अभिव्यक्ति स्वतन्त्रता र कानुनी प्रक्रियाको अधिकार प्रभावित भएको भन्दै विरोध जनाएका छन् । विशेषगरी प्यालेस्टाइन समर्थक प्रदर्शनमा सहभागी विदेशी नागरिकको भिसा रद्द गर्ने निर्णय विवादित बनेको छ ।

अवैध आप्रवासन नियन्त्रण गर्ने चुनावी प्रतिबद्धतासहित सत्तामा फर्किएका ट्रम्पको नीतिले कानुनी रूपमा अमेरिका प्रवेश गरेका तथा अध्ययन र रोजगारीका लागि जाने विदेशी नागरिकमा समेत अनिश्चितता बढाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं