Lite Nepal

शनिबार, कार्तिक ०८, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मातहतका सबै पार्टी कमिटीलाई आधिकारिक सामाजिक सञ्जाल पेज वा ग्रुप निर्माण गरी त्यसको जानकारी पार्टी केन्द्रलाई गराउन निर्देशन दिएको छ। पार्टीको प्रचार, प्रकाशन तथा डिजिटल सञ्चार प्रणालीलाई प्रभावकारी, व्यवस्थित, तथ्यमा आधारित र आधुनिक बनाउने उद्देश्यले जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानि) मा यस्तो व्यवस्था गरिएको हो।

अपानिको बुँदा नम्बर ७ मा सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी व्यवस्था उल्लेख छ। जसमा भनिएको छ, ‘पार्टी मातहतका समितिहरूले सामाजिक सञ्जालअन्तर्गत आधिकारिक पेज वा ग्रुप निर्माण गरेको भए त्यसको जानकारी र नबनाएको भए आधिकारिक पेज तथा ग्रुप निर्माण गरी पार्टी केन्द्रलाई तत्काल जानकारी गराउन निर्देशन गरिन्छ।’

नेकपाले गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकपछि असोज २५ गते अपानि जारी गरेको थियो। सोही बैठकको निर्णयअनुसार पार्टीले  कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म देशभर दुई महिने जागरण अभियान सञ्चालन गर्दैछ।

 

यसका लागि पार्टीले निम्न छ वटा काम गर्ने अपानिमा उल्लेख छः

१. प्रत्येक तहमा पार्टीको आधिकारिक डिजिटल सञ्चार माध्यमलाई व्यवस्थित गर्ने।

२. अभियानका निर्णय, कार्यक्रम, गतिविधि, उपलब्धि तथा जनसरोकारका विषय नियमित रूपमा सम्प्रेषण गर्ने।

३. सामाजिक सञ्जाल, वेबसाइट, डिजिटल बुलेटिन तथा अन्य उपयुक्त माध्यमको प्रभावकारी उपयोग गर्ने।

४. तथ्यहीन, भ्रमपूर्ण वा गलत सूचनाको तथ्यगत रूपमा खण्डन गर्ने।

५. पार्टीका आधिकारिक सामग्रीलाई एकरूपता र विश्वसनीयताका साथ सम्प्रेषण गर्ने।

६.  पार्टीका सदस्यलाई पार्टीको नीति तथा आधिकारिक धारणा जनतासम्म पुर्‍याउने जिम्मेवारीबोध गराउने।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं