Lite Nepal

मंगलबार, कार्तिक १०, २०८३

काठमाडौं । देशमा पश्चिमी वायुको प्रभावका कारण आगामी दिनमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

बुधबार देशभर साधारणतया बादल लाग्ने र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ।

बिहीबार भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा र हिमपात हुन सक्नेछ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं