विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय अंकित पोखरेलको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१० स्थित भित्री सडकमा बिहीबार राति निर्मल जलतर्फबाट जतुवातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३३७७ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा परी टाउको र नाकमा गम्भीर चोट लागेका पोखरेललाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो। उपचारका क्रममा राति चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ भने घटनाकाे अनुसन्धान भइरहेकाे छ ।