विराटनगर । शुक्रबार आज सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको छ ।
अघिल्लो दिन तोलाको ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।