Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३

स्पेन । स्पेनमा दुई तिब्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधवार भएको भीषण रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेका हुन् ।

उनले दुर्घटनाको कारणबारे विस्तृत र निष्पक्ष अनुसन्धान गरिने प्रतिवद्धतासमेत जनाएका छन्। दुर्घटना बुधवार बिहान राजधानी म्याड्रिडबाट करिब १२० किलोमिटर दक्षिणमा रहेको टोलेडो प्रान्तमा भएको हो ।

म्याड्रिड–सेभिया रेलमार्गमा रोकिराखिएको इरियो कम्पनीको रेललाई रेन्फेको उच्च गतिको रेलले पछाडिबाट ठक्कर दिएको थियो ।

कास्टिला–ला मान्चा स्वायत्त क्षेत्रका अध्यक्ष एमिलियानो गार्सिया–पेजका अनुसार दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ । घटनामा दर्जनौँ यात्रु घाइते भएका छन् ।

दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् । घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं