Lite Nepal

आइतबार, कार्तिक १५, २०८३
फाइल फोटो

काठमाडौं । जर्मनीको फ्याङ्कफर्ट सहरमा शनिबार राति प्रदर्शनका क्रममा दङ्गाकारीहरूले पसलहरूमा लुटपाट गरेका छन्। प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ। बीबीसीका अनुसार जर्मनीका अन्य सहरमा पनि हिंसात्मक झडपका घटना भएका छन्। यसअघि महँगीविरुद्ध भएका प्रदर्शनहरू अधिकांश शान्तिपूर्ण रहेका थिए।

जर्मनीको आर्थिक राजधानी फ्याङ्कफर्टसँगै बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसात्मक घटना भएका छन्। प्रहरीका अनुसार प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरिएको थियो। प्रदर्शनकारीहरूले आपतकालीन सेवाका कर्मचारीलाई लक्षित गर्दै पटाका, ढुङ्गा र बोतल प्रहार गरेका थिए।

यसअघि हजारौँ मानिसले ‘जेनजी रेगेल्ट’ नामक अभियान समूहको ब्यानरमा प्रदर्शन गरेका थिए। यसको अर्थ ‘अब जेनजीले जिम्मेवारी सम्हाल्नेछ’ भन्ने हुन्छ। प्रदर्शनकारीहरूले विद्यालयमा बजेट कटौती, जीवनयापनको बढ्दो लागत, सरकारी खर्चमा कटौती र अनिवार्य सैन्य सेवाको विरोध गरेका थिए।

जर्मनीमा भएका यी प्रदर्शन फ्रान्समा युवाहरूको नेतृत्वमा भएका यस्तै प्रदर्शनपछि भएका हुन्। फ्रान्समा पनि शनिबार तीन लाख २० हजारभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए। समाचार एजेन्सी एएफपीका अनुसार फ्याङ्कफर्टको मुख्य सपिङ सडकको ठूलो हिस्सा प्रहरीले बन्द गराएको थियो। सहरमा कैयौँ मानिसलाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताएका छन्।

फ्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूका अनुसार प्रदर्शनमा कुल १८ हजार मानिस सहभागी भएका थिए। यो सङ्ख्या आयोजकहरूले आफ्नो वेबसाइटमा उल्लेख गरेको अनुमानभन्दा झन्डै आधा हो। ‘जेनजी रेगेल्ट’ की प्रवक्ता लीना फ्रेडरिकले प्रदर्शनको उद्देश्य ‘युद्ध र जबर्जस्तीको सट्टा शान्ति र स्वतन्त्रताका लागि लड्नु’ रहेको बताइन्।

उनले भनिन्, ‘हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा स्वास्थ्य र शिक्षा प्रणालीलाई अझ राम्रो सहयोग उपलब्ध गराउनु हो। हामी अनिवार्य सैन्य सेवाको विरोधमा छौँ र यसको बोझ अझ न्यायपूर्ण तरिकाले बाँडियोस् भन्ने चाहन्छौँ।’
दिनभर भएका प्रदर्शनहरू अधिकांश शान्तिपूर्ण रहे पनि रात पर्दै जाँदा हिंसात्मक बनेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं