Lite Nepal

आइतबार, कार्तिक १५, २०८३

काठमाडौं । भोलि सोमबारदेखि देशभरका सरकारी कार्यालयमा जाडोयामको समयतालिका लागू हुने भएको छ। कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ बजे खुल्ने र अपराह्न ४ बजे बन्द हुनेछन्।

नेपाल राजपत्रमा यसअघि प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सम्बन्धित सार्वजनिक निकायमा जाडोयामको कार्यालय समय लागू हुनेछ।

नयाँ समयतालिका अनुसार यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका कार्यालय अब अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्। यससँगै दैनिक कार्यालय समय एक घण्टा घट्नेछ।

यो व्यवस्था शैक्षिक संस्थाबाहेकका सम्बन्धित सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुनेछ।

सरकारले हरेक वर्ष जाडोयाममा कार्यालय सञ्चालनको समय समायोजन गर्दै आएको छ। सोही व्यवस्था अनुसार यस वर्ष पनि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म परिवर्तित समयतालिका कायम रहनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं