काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पत्रकार पक्राउ गरिएको घटनाको विरोध गरेका छन् ।
आइतबार (कात्तिक १५) कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ‘विशेष’ सम्बोधन गर्दै उनले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेको घटनाप्रति आपत्ति जनाएका हुन् ।

सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयलाई लिएर पत्रकार पक्राउ गरिएको उनले बताए ।

“मिडिया हाउसहरूमा प्रहरी प्रवेशले पञ्चायती शासनकालको याद दिलाएको छ । विरोध भएपछि पत्रकारहरूलाई छोडिएको हो । विचित्रको विषय बाहिर आएको छ,” उनले भने ।
प्रहरीले यस घटनाबारे दुईपटक विज्ञप्ति जारी गरेको उनले उल्लेख गरे । सुरुमा सामान्य विषयमा प्रहरीले आफ्नो काम गरेको भनेको भए पनि शुक्रबार (कात्तिक १३) राति जारी गरिएको दोस्रो विज्ञप्तिमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सचिवालयको दबाबमा पत्रकारहरू पक्राउ गरिएको उल्लेख भएको उनको भनाइ छ ।
झोकका आधारमा पत्रकार पक्राउ गरिएको भन्दै उनले पत्रकारलाई धम्क्याउने प्रवृत्ति गलत भएको बताए ।