Lite Nepal

आइतबार, कार्तिक १५, २०८३

काठमाडौं । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा शनिवार राति राजधानीमा सम्पन्न ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ मा २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ शिर्ष उपाधि विजेता भएकी छन्।

दित्तेल, खोटाङकी उनले शीर्ष उपाधी विजेता भएवापत स्कुटर प्राप्त गरेकी हुन् । अधिवक्तासमेत रहेकी उनले अमेरिकामा आयोजना हुने बिबाहित महिलाहरुको अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। विनीताले तपाईंको बजार बेस्ट पर्सनालिटी उपउपाधिलाई पनि आफ्नो बनाएकी छन्।

प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित विवाहित सुन्दरीहरुको सबैभन्दा ठूलो सो प्रतियोगितमा नेहा गुप्ता फस्ट रनर्सअपका साथ रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस, ज्योति लामिछाने सेकेण्ड रनर्सअप तथा सगुन खनाल थर्ड रनर्सअपका साथ हर्लिक्स बेस्ट फिजिक भएका छन्।

त्यसै गरी शिल्पा न्यौपाने महर्जन मिसेस नेपाल इन्टरनेसनल २०२६ चुनिएकी छन्। क्रिस्टिना ज्ञवाली मिसेस कोस्मो २०२६ र ऋचा शर्मा एमएस इन्टरनेसनल २०२६ का विजेता भएका छन्। यी उपाधि विजेताले जनही ५० हजार रुपियाँ प्राप्त गरेका छन्। मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेताले सिंगापुर तथा मिसेस कोस्मो विजेताले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी गराए।

कार्यक्रममा नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मानित गरिएको छ। नेपाली फिल्म क्षेत्रमा साँढे ३ दशकभन्दा लामो समयदेखि उनले पुर्‍याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको उच्च कदर गर्दै मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मान गरिएको प्रतियोगिताकी अर्की आयोजक शिला बास्तोलाले जानकारी गराइन्। निरुताको सम्मानमा उनले अभिनय र नृत्य गरेका फिल्मका गीतहरुमा मोडल तथा अभिनेता यसराज गराच, शिला गजुरेल र ऋचा थापाले नृत्य प्रस्तुत गरेका थिए। उनीहरुले अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहलाई पनि मञ्चमा पुर्‍याई नृत्यमा सामेल गराएका थिए।

भव्य चमकदमकका साथ सम्पन्न प्रतियोगितामा सन्ध्या लामा अर्ना मोस्ट इनर्जेटिक, सुष्मा थापा निभिया फ्याबुलस फेस, अञ्जु परियार मोस्ट ट्यालेन्टेड, शिल्पा न्यौपाने महर्जन क्युटी केयर एन्ड ब्युटी हब बेस्ट हेयर, दीप्ति ढुंगेल हेल्दी स्किन, क्रिस्टिना ज्ञवाली बेस्ट र्‍याम्प वाक र ऋचा शर्मा दिनाज फेसन हाउस मोस्ट पङ्चुअल उपउपाधिको विजेता भएका छन्। त्यसै गरी समीक्षा रानाभाट आयुथ वेदा बेस्ट स्माइल, श्वेच्छा पौड्याल रिलायबल डाइग्नोस्टिक ल्याबोरेटरी मोस्ट डिसिप्लिन्ड, कञ्चन महर्जन सेन्ट्रल फेसन एकेडेमी फेसन आइकन, सुष्मा थापा केडी फोटोग्राफी मोस्ट फोटोजेनिक, बिन्दु थापा राणा मोस्ट कन्फिडेन्ट, यास्मिन बेगम सैयद मिसेस कन्जेनियालिटी, सुनिता श्रेष्ठ कर्माचार्य मिसेस ह्युम्यानिटेरियन र विजेता भएका छन्।

प्रतियोगीहरुलाई ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ को अन्तिम स्पर्धामा सहभागी हुन काठमाडौं आएकी मिसेस वर्ल्ड २०२५ चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), महानायक राजेश हमाल, अभिनेत्री रेखा थापालगायतले पुरस्कृत गरेका थिए।

ह्विस्पर शिर्ष प्रायोजक तथा अर्ना इनर्जी ड्रिक र निभिया सह प्रायोजक रहेको प्रतियोगितमा महानायक राजेश हमाल, अभिनेत्री रेखा थापा, नेपाल प्रहरीकी पूर्व एआईजी मीरा चौधरी, सिप्रदी अटोपाट्र्सका उपाध्यक्ष युवराज बुढाथोकी, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र मिसेस नेपाल वर्ल्ड २०२४ डा। डेनिला कार्की निर्णायक रहेका थिए।

अश्विनी झाको कोरियोग्राफी तथा निशा बराइलीको सह–कोरियोग्राफी रहेको कार्यक्रम गङ्गा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा सम्पन्न भएको हो। गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स र फेसन डिजाइनरसम्म विभिन्न पेसामा सक्रिय महिलाहरूको सहभागिताले यस वर्षको प्रतियोगितालाई विविधतापूर्ण बनाएको थियो। सेसेमी लिम्बु र सोफिया भुजेलद्धारा सञ्चालित कार्यक्रम अबेर रातीसम्म चलेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं