Lite Nepal

मंगलबार, कार्तिक १७, २०८३

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा मृत्यु भएका व्यक्ति तथा घाइतेहरूको पहिचान खुलेको छ। मंगलबार बिहान करिब ८ः११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यअन्तर्गत चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडु रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी लुक्लास्थित बिसुगार्ड ल्याइएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा न्युजिल्यान्डका अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल केसी रहेका छन्। घाइतेमध्ये सेलिशकुमार पटेल र फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापतिलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ।

त्यस्तै, डाइनेस्टी एयरका पाइलट प्रजल केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। प्राप्त विवरणअनुसार दुर्घटनाका बेला फिस्टेल एयरको हेलिकप्टरमा चालक दलसहित तीन जना सवार थिए। घटनापछि उद्धार कार्य सञ्चालन गरी मृतकको शव तथा घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पताल पुर्‍याइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं