Lite Nepal

मंगलबार, कार्तिक १७, २०८३

विराटनगर। विराटनगर महानगरपालिका–४, पुष्पलाल चोकस्थित परी गहना हाउसमा चोरी भएको घटना सार्वजनिक भएको छ। परी गहना हाउसका सञ्चालक जयप्रकाश विश्वकर्माले पसलमा चोरी भएको जानकारी दिएका छन्। उनका अनुसार पसलबाट ठूलो परिमाणमा चाँदीका गरगहना चोरी भएका छन्। चोरी भएका सामानको विवरणअनुसार ८ तोलाका करुवा २ थान, १० तोलाको करुवा १ थान, २० तोलाको टीका दानी, ४ तोलाको दियो १ थान, ३ तोलाको दियो १ थान, २ तोलाका दियो २ थान, १ तोलाका दियो ५ थान र आधा तोलाका दियो ५ थान चोरी भएका छन्।

त्यसैगरी ६ तोलाका गिलास २ थान, ३ तोलाका गिलास ३ थान, १ किलो पायल, १५ तोलाका डर्कस ३ थान, १५ तोलाको चाबी रिङ तथा १० तोलाका बिच्छी १० जोडीसमेत चोरी भएको जनाइएको छ। चोरी भएका चाँदीका गरगहनाको कुल परिमाण र आर्थिक मूल्य यकिन हुन बाँकी छ। घटनाको थप विवरण साथै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं