Lite Nepal

मंगलबार, कार्तिक १७, २०८३

विराटनगर । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा शरीरका गोप्य अंगमा लुकाएर ल्याइएको ११ ग्राम ७९० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडि सोमबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही र कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट कुकुरसहित खटिएको संयुक्त प्रहरी टोलीले साँझ करिब ५ः३० बजे भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका दुई जनालाई शंकास्पद अवस्थामा जाँच गरेको थियो ।

जाँचका क्रममा पाँचथरको याङवरक गाउँपालिका–१ निवासी २१ वर्षीया निस्मा राईको गोप्य अंगभित्र लुकाइएको ११ ग्राम १३० मिलिग्राम र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ निवासी ३१ वर्षीय बद्री स्याङ्वो तामाङको मलद्वारमा लुकाइएको ६६० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसार बरामद लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं