Lite Nepal

बिहिबार, कार्तिक १९, २०८३

नयाँदिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आएको शक्तिशाली ‘मुरासु’ चक्रवातका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार चक्रवातले ३१२ घर, विद्युत् प्रसारण लाइन र ठूलो क्षेत्रफलको बालीनालीमा क्षति पुर्‍याएको छ ।

मंगलबार साँझ राज्यको राजधानी अमरावतीबाट करिब ७० किलोमिटर दक्षिणमा पर्ने बापट्ला जिल्लामा चक्रवातको प्रभाव परेको थियो ।

चक्रवातसँगै आएको भारी वर्षा र तीव्र हावाहुरीले ५२ हजार ४५९ हेक्टर जमिनमा लगाइएको बालीनालीमा समेत क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन् ।

एक साताभित्र आन्ध्र प्रदेशमा आएको यो दोस्रो चक्रवात हो । गत साता ‘अर्नाब’ नामक चक्रवातले आन्ध्र प्रदेश र ओडिसामा प्रभाव पार्दा कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं